काठमाडौं उपत्यकामा शुरु भयो ‘स्मार्ट लकडाउन’ यस्तो छ प्रशासनको निर्देशन

Ktm luckdown

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​कडाइ गर्ने निर्णय गरेको हो । स्मार्ट लकडाउनको आदेश आज मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको ललितपुरका सीडीओ घनश्याम उपाध्यायले जानकारी दिए ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा(सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।

सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनामा उल्लेख छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय बन्द गर्नेलगायत निर्णय भएको छ । यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।

 ​

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...