घरमा आएका पाहुनालाई ८१ वर्षीय वृद्धले गरे हत्या, वृद्ध पक्राउ

Murder logo final

विराटनगर । चिहान जान लागेका वृद्धले पाहुना आएका व्यक्तिको हत्या नै गर्लान् भनेर कसले पत्याउँछ र ? तर मोरङको लेटाङमा पाहुना आएका ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकी ८१ वर्षीय डम्बरबहादुर भुजेलको घरमा पाहुना आएका थिए । तर, आफ्नै घरमा पाहुना आएका बुडाथोकीलाई भुजेलले हत्या गरेका छन् ।

प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय शिक्षक राजेन्द्र खतिवडाका छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरे । उनका अनुसार केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा बसेका थिए । बुढाथोकीको घर लेटाङमै भए पनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले बताएका छन् ।

सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रदेश १ का मुख्यमन्त्री कम धनी, अर्थमन्त्री ऋणमा : को कति धनी छन् ? (सुचीसहित)

Pradesh 1 mantri

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र ...