दलित संघको जिम्मेवारी हेरफेर : सोनी बने महासचिव, दमाई सचिव

Dipak vimsen

काठमाडौं । नेपाल दलित संघको महासचिवको जिम्मेवारी दिपक सोनीले पाएका छन् । नेपाल दलित संघका महासचिव लक्ष्मी परियार नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि महासचिवको जिम्मेवारी सोनीलाई दिइएको हो ।

उनी यसअघि संघको सचिव थिए । दैलेखका सोनी लामो समयदेखि दलित संघमा आवद्ध छन् । उनी नेपाली कांग्रेसको राजनीतिमा निक्कैसक्रिय रहँदै आएका छन् ।

त्यसैगरी सोनीले सम्हाल्दै आएको सचिव पदको जिम्मेवारी भिमसेन दमाईलाई दिइएको छ । लम्जुङ निवासी दमाई यसअघि केन्द्रिय सदस्य थिए । उनी पनि लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...