माओवादी महाधिवेशन : ११ वटा समूहले निष्कर्ष प्रस्तुत गरे, महाधिवेशन लम्बिने

Moist mahadibesan 14

काठमाडौं । काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहले निष्कर्ष सुनाएका छन् ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा २५ समूहमध्ये ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छलफल स्थगित गरिएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

केन्द्रको पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन लम्बिने भएको छ । माओवादी केन्द्रले पुस १५ गते महाधिवेशन सक्ने लक्ष्य लिएपनि बन्दसत्र लम्बिँदा महाधिवेशन नै लम्बिने निश्चित भएको हो ।

यसक्रममा प्रचण्ड विचारपथलाई प्रचण्ड विचारधाराका रुपमा विकसित गरिनुपर्ने सुझाव आएको छ । यस्तै पार्टीलाई धोका दिएर एमालेलगायतका पार्टीमा लागेका बादल लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न समेत माग उठेको छ ।

कार्यकारी पदमा एकै व्यक्ति दुई पटक हुन नपाउने, नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाइनुपर्ने, भ्रष्टलाई कारबाही गर्नुपर्ने, कार्यकर्ताको मूल्यांकनका लागि वैज्ञानिक विधि अबलम्बन गरिनुपर्ने, समाजवादमा पुग्ने आधारलाई थप प्रष्ट पारिनुपर्ने, चीन र भारतबीचको सम्बन्धबारे थप ब्याख्या गर्नुपर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे स्पष्ट पार्नुपर्ने, एमसीसी खारेज गर्नेजस्ता सुझावहरु रिपोर्टिङका क्रममा टोली नेताहरूबाट आएका छन् ।

महराका अनुसार बुधबार प्रदेश १ को दुई समूह, प्रदेश २ को एक समूह, बागमति प्रदेशको दुई समूह मध्ये एक समूह, गण्डकी प्रदेशको एक समूह, कर्णाली प्रदेशको एक समूह, सूदुरपरिश्चम प्रदेशको एक समूह र बिभाग, प्रवास, सल्लाहकार र आयोगको समूह निष्कर्ष पेश भएको छ ।

प्रस्तुत सुझावमा फरक मत नआएको र बिभिन्न बिषयमा सुझाव पेश भएको प्रवक्ता महराले जानकारी दिए । बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने र अध्यक्षले जवाफ दिने उनले बताए । उनले शुक्रबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।
आज रिपोर्टिङ गर्ने टोली नेताहरुमा रामनारायण बिडारी, सत्यनारायण भगत, टंक राई, गायत्री गुरुङ, मनऋषि धिताल, अजम्बर काङबाङ, सरल सहयात्री, गीता पनेरु, हर्कबहादुर नेम्वाङ, मीन बहादुर कुँवर र विमला केसी रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...