प्युठानमा अटो रिक्सालाई टिपरले ठक्कर दिँदा २ जनाको ज्यान गयो

Accident bus

प्युठान । प्युठानमा अटो रिक्सालाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

जुम्री बजारबाट चेरनेटाका लागि छुटेको लु १ ह ५७०७ नम्बरको अटो रिक्सालाई टिपरले ठक्कर दिँदा प्युठान नगरपालिका ३ का ३५ वर्षीय अमृत थापा र चार वर्षका सुशान्त थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते चार जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । 

ठक्कर दिएपछि टिपर चालक भागेका छन् । घटनापछि भालुवाङ–प्युठान सडक खण्डको चेरनेटा र चकचके बीचको सडक खण्डमा गाडी चलेका छैनन् । स्थानीयवासीले टिपर चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र मृतकका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सडक बन्द गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...