आगामी निर्वाचनमा कांग्रेस एक्लै जाने प्रधानमन्त्री देउवाको संकेत

Sher bahadur deuba scaled

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेस एक्लै जान सक्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले अहिले राष्ट्रियसभाको निर्वाचनसम्म मात्र गठबन्धन रहने बताउँदै आम निर्वाचनमा गठबन्धन कायम राख्ने वा नराख्नेबारे छलफल नभएको बताए ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन रहेको छ । यही गठबन्धनबाट देउवा नेतृत्वमा सरकार गठन भएको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले भने आगामी निर्वाचनसम्म नै यो गठबन्धन कायम रहने बताउँदै आएका छन् । कांग्रेसभित्र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने मत बलियो बन्दै आएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन पछि मात्र गठबन्धनबारे कांग्रेसले निर्णय गर्ने बताएको छ । महाधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी रहने प्रधानमन्त्री देउवाले घोषणा गरे । 

उनले आफूलाई अन्तिम पटक सभापति बन्नका लागि सहयोग गर्न आग्रह गरे । कांग्रेसको विधानले दुई पटकसम्म मात्र सभापति बन्न पाउने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...