जनतालाई दु : ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा

Deuba

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु : ख नदिने बताएका हुन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन । एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन । अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ । त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन । कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन । हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ । तर त्यसले जनतालाई दुःख हुन्छ । महामारी फैलिन सक्छ । हामी त्यो पक्षमा छैनौँ ।’

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...