शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर युवकको मृत्यु

Goli chlyako

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका -१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।

जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काका अनुसार शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएको बेला घटना भएको हो ।

गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । ‘दुई जना सिकार खेल्न गएका रहेछन् । त्यसैबेला गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...