प्रदेश १ मा देउवा–सिटौलालाई फलिफाप, पौडेल पक्षीय घिमिरेलाई लाग्यो झड्का

उद्धव थापासँग २ मतले पराजित भए गुरुराज

Uddhav thapa gururaj ghimire

विराटनगर । कांग्रेस महाधिवेशनअन्तर्गत प्रदेश १ को पहिलो अधिवेशनमा देउवा–सिटौला समूहका उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । उनले कोइराला–पौडेल समूहका गुरु घिमिरेलाई २ मतले पराजित गरेका हुन् ।

थापा झापा जिल्लाका पूर्वसभापति हुन् भने घिमिरे केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन् ।

त्यसैगरी पदाधिकारीतर्फ एक महामन्त्रीबाहेक सबैमा देउवा सिटौला पक्ष विजयी भएका छन् । कोइराला समूहबाट उम्मेदवार समीकरण मिलाउँदा उचित मूल्यांकन नभएको भन्दै पक्षधर कार्यकर्ताले केन्द्रीय नेतासामू असन्तुष्टि जनाएका थिए । त्यसकै परिणाम मतदानको यो नतिजा आएको कार्यकर्ताको भनाइ छ । यो प्रदेश सभापतिका आकांक्षी शेखर कोइरालाको गृहक्षेत्र हो ।

थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।

संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले ९केदार०ले ७६५ र विश्वनाथ रिजाल ९त्रिलोचन०ले ६६९ मत पाए । महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।

सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।

सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...