बागमति प्रदेशमा देउवा पक्षीय इन्द्र बानियाँ सभापति निर्वाचित

Indra baniya

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १८५ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।

आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १८५ बढी मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उभिएको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् । यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...