प्रेस सेन्टरको अध्यक्षमा जुगल निर्वाचित, पदाधिकारी चयन हुन बाँकी

Bishnu sapkota jugal

काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल चयन भएका छन् । चितवनको भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

मंसिर १८ देखि शुरु भएको महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति र ३७ पदाधिकारी चयन गरेको हो । अध्यक्षका दाबेदारमध्यकै एक गोविन्द रोका (सचिन) को प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुट्न बाँकी छ । अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेका छ । यसबीच नेतृत्वको लागि भने सहमति जुटेको छ ।

हाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ । सो सम्मेलनले १९ बुँदे चितवन घोषणापत्र जारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...