कमल थापाले किन शपथ ग्रहण कार्यक्रम बहिष्कार गरे ? यस्तो छ मुख्य कारण

Raprapa team

काठमाडौं । राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्षमा पराजित कमल थापाले बहिस्कार गरेका छन् ।

शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार लिङ्देनले एक हजार ८१७ मत र थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचनमा ५३१ मत बदर भएको थियो ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने उपस्थित भएनन् । राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

उनले अब छिट्टै राजसंस्था आउनेमा बधाइ भन्दै पूर्वयुवराज्ञी हिमानी शाहलाई व्यंग्यसमेत गरेका थिए । आइतबार नै थापाले आफू निकट कार्यकर्ताहरूको भेलासमेत बोलाएका छन् ।

थापा समुहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालिसकेको छ । राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा सो निष्कर्ष निकालिएको हो ।

‘पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गरेको तथ्य साटासाट भयो, स्वयं राजाले पनि बोलाएर थापालाई हराउन निर्देशन दिएको तथ्य त्यहाँ खोलियो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘सबैको निष्कर्ष थियो, संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने र अजेन्डा नबोक्ने निष्कर्ष निकालिएको छ ।’

कमल थापाले किन शपथ ग्रहण कार्यक्रम बहिष्कार गरे ? चौतर्फी बहस हुन थालेको छ । अधिकाँसले दरबारबाट धोका पाएको झोँक देखाउन खोजेको टिप्पणी गरेका छन् भने कतिपयले हार स्वीकार गर्न नसक्नुको छट्पटी भएको टिप्पणी गरेको छन् ।

लामो समयदेखि राजसंस्थाको वकालत गर्दै आएका थापाले यो पटक आफु पराजित हुन्छु होला भनेर कल्पनासमेत गरेका थिएनन् । तर अन्तिम समयमा पार्टीचित्र राजनीतिक पासा पल्टिएपछि राजसंस्थालाई गाली गर्न बाध्य भएका छन् । त्यही आवेशमा उनले आइन्दा राजसंस्थाको वकालत नगर्ने पक्षमा पुगेका छन् । यद्यपि उनले गणतन्त्रलाई स्वीकार गर्ने सवालमा भने मौन रहनेसोचमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...