२०० मत गन्दा पौडेल समूहका शुक्रराजको झिनो अग्रता

Sukraraj sharma gandaki

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । मतगणना भने जारी छ ।

खसेको ११४६ मत मध्ये २०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले १०६ र अर्जुनप्रसाद जोशीले ९५ मत पाएका छन् । यसअघि १०० मत गणनाको नतिजामा दुबै उम्मेदवारको बराबर मत थियो ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पौडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।

गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।

उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...