माओवादी केन्द्रको धनकुटा नगर अध्यक्षमा हेमचन्द्र किराँती निर्वाचित

Hemchandra kirati dkt

धनकुटा । नेकपा (माओवादी केन्द्र) को धनकुटा नगर कमिटी अध्यक्षमा हेमचन्द्र किराँती चयन भएका छन् ।

धनकुटामा माओवादी कमजोर भयो भनिएकै बेला धनकुटाको सामुदायिक भवनमा शुक्रबार सम्पन्न प्रथम सम्मेलनबाट किराँतीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

सो सम्मेलनले नगर कमिटीको उपाध्यक्षमा सर्मिला राई, विष्णुमायाँ कन्दङ्वा, नारायण विक र सुरेन्द्र आठपहरिया चयन गरेको छ । त्यसैगरी सचिवमा खगेन्द्र कुमार बिष्ट, सह–सचिवमा सुमन आठपहरिया राई र कोषाध्यक्षमा सन्तोष मगर चयन भएका छन् ।

सो सम्मेदनमा माओवादीका प्रदेश नं. १ का सचिव हेमराज भण्डारीले धनकुटमा माओवादीले पुनर्जिवन पाइरहेको बताए । उनले धनकुटामा माओवादी सकियो भन्नेहरुलाई सकाएर देखाउन चुनौती पनि दिए ।

प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगाना, लगायतले जिल्लाभर पार्टी संगठन विस्तार अभियान तीव्र रुपमा अघि बढेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस