धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् । आज बिहान सम्पन्न मत गणनामा प्रतिद्धन्द्धी कमोट फागोलाई ३४ मतान्तरले पराजित गर्दै जिल्ला कार्यसमिति धनकुटाको सभापति बन्न सफल भएका हुन् ।

उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । उनले सभापतिका लागि ५०४ मत पाए । उनका प्रतिद्धन्द्धी फागोले ४७० मत ल्याए । फागो बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् ।

उप–सभापतिमा ४६६ मतसहित सुनिल कुमार डंगोल र ४३० मतसहित निर्मल ओझा बिजयी भएका छन् । ओझा भने पौडेल पक्षधर हुन् । सचिवमा ६२६ मतसहित बिजयसन्तोषी राई र ४३९ मतसहित जयन्द्र घिसिङ्ग निर्वाचित भए । सह–सचिवमा ५१८ मतसहित रोशन श्रेष्ठ र ४६६ मतसहित गिरिजा दाहाल बिजयी भएका छन् ।

धनकुटा कांग्रेसको १ हजार ६७ क्षेत्रीय प्रतिनिधि रहेको भए पनि १ हजार १३ मत खसेको थियो । जसमा सभापतिका लागि ३९ मत बदर भएको थियो ।

योसँगै धनकुटा कांग्रेसमा देउवा पक्ष बलियो भएको छ । देउवाका राईलाई सहमहामन्त्री सुनीलबहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठको समेत समर्थन थियो । प्रदेशसभा (क) को सभापतिमा बिजयी जितेन्द्र राई र प्रदेश सभा (ख) को सभापतिमा बिजयी राजन पौडेल दुवै देउवा खेमाका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...