पाँच वर्षका लागि एमालेमा नयाँ नेतृत्व चयन, यी हुन् पदाधिकारी

Uml01638010338

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनले आगामी पाँच वर्षको लागि नेतृत्व चयन गरेको छ ।सर्वसहमतिको प्रयास असफल भएसँगै मंगलबार बिहान भएको मतदानपछि एमालेले आफ्नो १९ सदस्यीय पदाधिकारी र ३ सय १ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीले भीम रावललाई ठूलो मतान्तरले पराजित गरेका  थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, मंगलबारै भएको निर्वाचनबाट उपाध्यक्षमा सुवास नेम्वाङ, युवराज्ञ ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले बाजी मारेका छन् ।

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक कार्यक्रमका बीच शपथग्रहण समारोह हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...