जाजरकोटको बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ जना घाइते

Jajarkot bus accident

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट राढी जिउला रुकुम पश्चिकतर्फ जादै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस राती २ बजेतिर दुर्घटना हुँदा दुई जना महिला, दुई जना पुरुष र एक जना बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका वडा नं. १३ कुदु बराहचौरमा भएको सो दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको उद्दार कार्य अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा बताए ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...