जोखिममा रहेका जनतालाई उचित बासस्थान दिन लागिरहेका छौं : मन्त्री झाँक्री

Ram kumari jhakri

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन सरकारले काम गरिरहेको बताइन् ।

बिहीवारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले योजनावद्ध विकास गरी अति विपन्न, दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने बताइन् । 

उनले विभिन्न जिल्लामा एकीकृत बस्ती विकास कार्यक्रमहरू अघि बढाइएको पनि जानकरी दिइन् । नेपाल सरकारको १५औं योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको उनले बताइन् । 

राष्ट्रिय योजना आयोगले तयार गरेको १५औं योजनामा नेपालको दिगो विकासको लक्ष्यहरू र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिवद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको मन्त्री झाँक्रीले दाबी गरिन् । 

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सृजित समस्याले मानव बस्तीहरू जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताइन् । भूकम्प पछिको पुनःनिर्माणमा निजी घरहरूको पुनःनिर्माण लगभग सकिएको उनले जानकारी गराइन् । 

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा छलफल हुनेछ । सम्मेलनले दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिनेछ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...