एमाले महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

Suraxa bvp9buattu

चितवन । चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइने भएको हो ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ । चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उहाँहरु आज नै चितवन आउनु हुनेछ । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिए ।

यसैबीच केन्द्रीय स्तरका केही नेता हिजै चितवन आइसक्नुभएको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता आज आउनुहुने छ । महाधिवेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा  बढी सुरक्षाकर्मी खटिने छन् ।

महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आस्मान तामाङले जानकारी दिएका छन् । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।

महाधिवेशन उद्घाटन हुने मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट चितवनको पश्चिमतर्फलगायत महाधिवेशन उद्घाटनस्थल क्षेत्रमा अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

महाधिवेशन उद्घाटन स्थलमा भीडभाड कम गर्न आसपासका क्षेत्रमा मङ्सिर ९ गते रातिदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

महाधिवेशन उद्घाटन समारोह चलिरहेको समयमा पश्चिमतर्फबाट आउने गाडीलाई गैँडाकोटमा रोकिने भएको छ । आवतजावतलाई सहज बनाउन मुग्लिङ–नारायणघाट सडक खण्डमा ट्राफिक प्रहरीको सङ्ख्या बढाइने भएको छ।

भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिए । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...