सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान नभए राजनीतिक कदम चालिन्छ : प्रचण्ड

1608031237 prachanda 1

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान नभए राजनीतिक कदम चालिने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले न्यायालयको समस्या न्यायालयबाटै हुनुपर्ने बताए ।

न्यायालयमा अहिले जस्तो समस्या देखिएको छ, त्यो न्यायालयबाट नै हुनुपर्छ भन्ने हामीले ठानेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यहाँ कुनै निकास निस्किएन भने गठबन्धनले राजनीतिक कदम चाल्छ ।उनले सत्तारूढ गठबन्धनमा अहिलेसम्म सर्वोच्च अदालतका बारेमा कुनै छलफल नभएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले आन्दोलन गरिरहेको छ । त्यस्तै जबराइतरका न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा बसेका छैनन् ।

केही दिनअघि सर्वोच्च अदालतको फूल कोर्ट बसेर गोलाप्रथाद्वारा पेशी तोक्ने निर्णय गरेको थियो । तर त्यतिले मात्र विवाद हल हुन सकेको छैन ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...