प्रधानन्यायाधीशविरुद्ध बिहीबार नागरिक समाज र बारले बालुवाटारसम्म मार्चपास गर्ने 

Nepal bar(1)

काठमाडौं । नेपाल बार एसोसिएसनले बिहीबार नागरिक समाजसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको बताएका हुन् । बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने उनले जानकारी दिए । 

बिहीबार भने नागरिक समाजका सदस्यसहित दिउँसो २ बजे बालुवाटार मार्च पास गर्ने उनले बताए । कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो ।

कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस