कांग्रेसले हिन्दुराज्य स्थापना र संघीयता खारेजीका लागि साँस्कृतिक र्‍याली गर्ने

Samajwadi congres news

काठमाडौं । हिन्दु राज्य स्थापना, संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको नेपाल समाजवादी कंग्रेसले काठमाडौंमा फरक प्रकारले आन्दोलन गर्ने भएको छ ।

देशमा संघीयताको खारेजी, धर्म निरपेक्षताको खारेजी र राजासहितको प्रजातन्त्र लगायतका मुद्दा उठाउँदै चरण्चबद्ध आन्दोलन गर्दै आएको कांग्रेसले आफ्नो माग पूरा गराउन काठमाडौंमा फरक शैलीले प्रदर्शन गर्न लागेको हो ।

समाजवादी कंग्रेसले कात्तिक २९ गते काठमाडौंमा पञ्चकन्यासहित, स्वष्ठी बाचन, विभिन्न धार्मिक आस्थाका गुरु, सहभागी गराएर प्रदर्शन गर्दैछ । अहिलेसम्म विभिन्न राजनीतिक पार्टीले सडकमा हजारौ कार्यकर्ता उतारेर संघर्ष गर्ने गरेका भए पनि यसरी सबै प्रकारका व्यक्तिहरु सहभागी गराएर आन्दोलन गरेको भने पाइएको छैन ।

सो पार्टीले पहिलो पंक्तिमा पञ्चकन्या, दोस्रो पंक्तिमा पञ्चे बाजा, तेस्रो स्वस्ती बाचक, चौथो पंक्तिमा मुस्लिम समुदाय, पाँचौमा बौद्धिष्ट धर्म गुरुहरु सहभागी गराउनेछ भने त्यसपछि मात्रै सो पार्टीका कार्यकर्ता सहभागी बन्ने छन् । सो कार्यक्रममा क्रिष्चयन धर्मलम्बीहरुलाई भने नबोलाइने नेपाल समाजवादी कंग्रेसका सचिव मानबहादुर गुरुङले बताए ।

सो पार्टीले यसअघि पनि काठमाडौंमा पटकपटक सडक आन्दोलन गर्दै आएको छ । असार १५ मा विभिन्न चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । यसले माइतीघरमा दिप प्रज्वलन गरेको थियो ।

नेपाल समाजवादी कंग्रेस अध्यक्ष गोबिन्द निरौलाले देशमा राजनीतिक परिवर्तनका लागि सबै शक्ति एक हुनुपर्ने आवश्यकता रहेकाले त्यसको प्रतिकात्मकरुपमा सांस्कृतिक ¥यालीको आयोजना गरिएको बताए ।

अध्यक्ष निरौलाको अध्यक्षतामा हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष पुष्पा राणा घलेले साँस्कृतक र्‍यालीको तयारीको विषयमा जानकारी गराएकी थिइन् ।

प्रतिकृया दिनुहोस