राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सलबलाउन थाले : नेता थापा

Gagan thapa 2021

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको राजनीतिक नेतृत्व सम्हालिन नसक्दा बिभिन्न आन्दोलन पछि उपलव्ध भएको परिवर्तन गुम्ने खतरा रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशन उद्घाटन गर्दै थापाले २००७ र २०७४ सालको उपलब्धि खेर गएको र पछिल्लो आन्दोलनपछि प्राप्त नयाँ उपलब्धि खेर जाने खतरा पैदा भएको बताएका हुन् ।

थापाले देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत सावित भएको समेत बताए । राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सलबलाउन थालेको उनले बताए  ।

उनले यसअघिको सरकार र वर्तमान सरकारले नागरिकले खोजेजस्तो गति पक्रन नसकेको धारणा पनि राखे । अहिलको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था हुनसक्ने भन्दै सबै दल मिलेर बन्ने सरकारले मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...