पूर्वमन्त्री आलमको मुद्दामा आजको सुनुवाइ पनि स्थगित  

Aftab alam

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज शुक्रवारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ । आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । आलमको मुद्दामा यसअघि पनि पटक–पटक सुनुवाइ रोकिँदै आएको छ ।

आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप छ । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन मागसहित सर्वोच्च पुगेका हुन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...