आज कुनकुन प्रदेशहरुमा वर्षा हुन्छ ? यस्तो छ आजको मौसम

Mausam news

काठमाडौं । नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती, गण्डकी सहितका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन पनि अनुरोध छ ।​​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...