बाढीले सडक बगाउँदा धरान धनकुटा कोशी राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

Pahiro dkt

धनकुटा । निरन्तरको वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।

धनकुटाको साघुरीगढी –६ मा लेउती खोलाले करीब एक सय मिटर सडक कटान गरेपछि मंगलबार दिउँसोबाट सडक अवरुद्ध भएको हो ।

अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका -६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् ।

मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो । बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ ।

धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन् । सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन । यस कारण चाँडै सडक खुल्ने संभावना पनि छैन । अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ । बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन । बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ । त्यहाँ केही होटल र स्थानीयको घर रहेका छन् ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोसी राजमार्गका विभिन्न ठाउँमा पहिरो गइरहेको बताए । उनका अनुसार सदरमुकाम मास्तिरको सल्लेरीमा रूख ढल्दा बाटो अवरुद्ध बनेको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रूख पन्छाएका छन् ।

यस्तै, हिले-भोजपुर सडक पनि अवरुद्ध भएको छ । हिले-भोजपुर सडक खण्डअन्तर्गत पाख्रिवास नगरपालिका -६ डिकुरेमा सडक अवरुद्ध बनेको हो । सडकमाथिबाट लेदो माटोसहित ढुंगा निरन्तर बगिरहेको छ । बाटो खुलाउन प्रहरी र डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...