घट्यो कोरोना संक्रमण : ७९२ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु,

Corona test 13

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर सात सय ९२ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६० आरटी पिसिआर र २ हजार ५५९ एन्टिजेन गरी कुल ९ हजार ६१९ जनामा परीक्षण गरिएकोमा ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार ५५४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार ४५९ जना होम आइसोलेसनमा, १ हजार ९५ संस्थागत आइसोलेसनमा र २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३०६ जना र भेन्टिलेटरमा १०२ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट ९१० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ । निको हुने दर ९६.८ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...