पूर्व राजा ज्ञानेन्द्र शाह भन्छन्, ‘राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन’

Gyanendra shah

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन् ।

सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले मन पोलेको उनले बताएका हुन् ।

विजया दशमीका अवसरमा देशवासीसामु भिडियो सन्देश जारी गर्दै उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीमा शान्ति र सुखको शुभकामना व्यक्त गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने बताउँदै भने, ‘त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा हो ।'

‘देश भक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दमित भए पनि नामेट हुन सक्दैन। योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ । केही समययता जिम्मेवार एवं देशभक्त नागरिकबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठामात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रूपमा बुझेका छौं', उनले भनेका छन् ।

प्रजातन्त्रिक, प्रगतिशील या अन्य जुनसूकै विचारप्रति अस्थावान भए पनि राष्ट्रपतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले लिएको उनले प्रस्ट पारेका छन् ।

‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ सन्देशमा उनले भनेका छन्, ‘देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...