छोरा जेल परेपछि चिन्तामा शाहरुख खान

Saharukh khan

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आर्यन खान बलिउडका सुपरस्टारका छोरा हुन् । आर्यन बलिउड उद्योगको चर्चित स्टार किडमा एक हुन् । आर्यन खानलाई लाइमलाइटमा खासै चासो छैन । उनी खासै मिडियामा देखिदैनन् । उनी अवार्ड शो पनि खासै देखिदैनन् । उनको सामाजिक सञ्जाल एकाउन्ट पनि लामो समयदेखि प्राइभेट गरिएको थियो ।

आर्यन पक्राउ परेपछि अहिलेसम्म पूजा भट्ट, रवीना टंडन, राज बब्बर र अन्य बलिउड सेलिब्रेटीले उनको समर्थनमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् । तर, शाहरुख खानले अहिलेसम्म सामाजिक सञ्जालमा कुनै पनि बिचार व्यक्त गरेका छैनन् ।

इन्डिया टुडेले शाहरुख खानको परिवारका नजिकका व्यक्तिसँगको कुराकानीमा शाहरुख र गौरी आर्यनको विषयलाई लिएर चिन्तामा छन् । उनीहरुले यति लामो समयसम्म यो काण्ड चल्छ भन्ने सोचेका थिएनन् ।

सुत्रका अनुसार, ‘उनलाई यो विषय यति लामो समयसम्म चल्छ भन्ने लागेकै थिएन । आर्यन पक्राउ परेपछि बलिउड उद्योगलाई नै आश्चर्यमा पारेको छ । आर्यन पक्राउ परेपछि शाहरुखले देशका ठूला व्यक्तिहरुलाई फोन गरेर सल्लाह लिएका थिए । उनले सतिश मानशिन्देलाई फोन गरेर ल्याए । उनले शाहरुखलाई आर्यनको जमानत हुने विश्वास दिलाएका थिए तर, उनको जमानत हुन सकेन । त्यसपछि झन् शाहरुखलाई झट्का लाग्यो ।’ शाहरुख खानले एनसीबीसँग लगातार कुराकानी गरिरहेका उनको निकट स्रोतले बताएको छ ।

 

प्रतिकृया दिनुहोस