जिप दुर्घटना हुँदा काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ विद्यार्थीसहित ८ जनाको मृत्यु

Kaski accident

पोखरा । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।

उनी दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका ३ गोंगबुका विद्यार्थी थिए । साथै उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् । जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् ।

काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस