मोतिपुर सुकुम्बासीमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु, ३१ जना घाइते

Butwal jhadap motipur

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन ।

लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधरण र १६ जना प्रहरी घाइते भइ उपचारत रहेका छन् ।

आइतबार विहानैबाट झडप हुँदै आएको थियो भने दिउँसो प्रहरीले गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।

सुकुम्बासी बस्तीमा झडप प्रकरण : बुटवलमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

प्रतिकृया दिनुहोस