सुकुम्बासी बस्तीमा झडप प्रकरण : बुटवलमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

Butwal jhadap motipur

बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पूर्वमा बुटवल १७ सिवनगरदेखी वडा नम्बर १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनर रानीगञ्ज बस्ती र दक्षिणको वडा नम्बर १८ को मोतीपुर औद्योगिक करिडोरको जमिन अन्तर्गत धन्दापुर सौंरहिया भित्रको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

झडपका क्रममा प्रहरीले गोली समेत प्रहार गरेको थियो । झडपको क्रममा कम्तिमा दुई जना घाइते भएका छन् । औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको थियो ।

प्रहरी माथि नै ढुंगामुढा हुन थालेपछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

र यो पनि ...

रुपन्देही मोतिपुरको सुकुम्बासी बस्तीमा चल्यो प्रहरीको गोली, केही घाइते

 

प्रतिकृया दिनुहोस