धनकुटामा नक्कली नोट छ्यापछ्याप्ती, २८ हजारका नक्कली नोट भेटियो

Nakkali not

धनकुटा । चाडबाड नजिकिँदै गर्दा धनकुटामा नक्कली नोट छ्यापछ्याप्ती पाउन थालेको छ । गएराती प्रहरीले नक्कली नोटसहित एक युवालाई पक्राउ गरेसँगै धनकुटामा नक्कली नोटको छ्यापछ्याप्ती पाउन थालेको पाइएको हो ।

प्रहरीले सोमबार राती ९ बजेतिर धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका एक युवकलाई १ हजारका दरका २८ हजार नक्कली नोटसहित पक्राउ गरेको छ ।

प्रहरीले बरामत गरेको सबै नोट हजारका छन् भने सबै नोट एकै नम्बरका छन् । प्रहरीले भने पक्राउ परेका ती युवकको पहिचान खुलाएको छैन । प्रहरी चेकजाँचको क्रममा ती युवकले नक्कली नोट अर्काे गोजीमा हाल्न खोज्दा प्रहरीले सबै नोट चेकजाँच गरेको र सोही क्रममा नक्कली नोट फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले बरामद गरेको सबै नक्कली नोट हेर्दा सक्कली जस्तै देखिन्छ । ती नोट सर्वसाधारणले हेर्दा छुट्याउन नसकिने छ । प्रहरीले बरामद गरेको नक्कली नोट हल्का पातलो र खस्रो देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...