धनकुटामा ६ वटा पालिकामा अधिवेसन सम्पन्न, धनकुटामा सभापति छान्न सकस

Nepali congress sagurigadi

धनकुटा । नेपाली कांग्रेस धनकुटाको ६ वटा पालिकामा नेतृत्व चयन भएको छ । धनकुटा नगरपालिकामा भने सबै सर्वसम्मत भए पनि सभापतिको टुंगो लाग्न सकेको छैन ।

धनकुटाको सात वटा स्थानीय तहमध्ये महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकामा निर्वाचन भएको थियो । जसमा महालक्ष्मी नगरपालिकामा ध्रुवराज रायाले १०५ मत पाएर नगर सभापति चयन भए । उनका प्रतिद्धन्द्धी परिवर्तनराज पौडेलले ३९ मत पाएका थिए ।

त्यसैगरी धनकुटाकै चौविसे गाउँपालिकामा भएको निर्वाचनमा बिजु राई निर्वाचि भएका छन् । उनले ७३ मत पाएका थिए भने उनका प्रतिद्धन्द्धी ललित चेम्जोले ६३मत पाएका थिए । निर्वाचन भएका दुई वटा पालिकामा संस्थापनइतर समुह पराजित भएको छ । अन्यमा भने सहमतिका आधारमा केही व्यक्ति निर्वाचित भएका छन् ।

बाँकी रहेका पाख्रिबास नगर समितिमा प्रेम भण्डारी, छथरजोरपाटी गाउँपालिकामा छत्र सुब्बा, सागुरीगढी गाउँपालिकामा नेपालध्वज राई र सहिदभुमी गाउपालिकामा टंक राई सभापति चयन भएका छन् ।

यता धनकुटा नगरपालिकामा भने सभापतिबाहेकका ५६ पदमा निर्विरोध भएको छ । सभापति पदमा सहमति बन्न नसक्दा नगर अधिवेसन भोलीसम्मका लागि रोकिएको छ ।

नगर सभापतिको दावेदारी प्रस्तुत गरेका अभिषेक कर्माचार्य र नरेष श्रेष्ठबीच सहमतिको प्रयास भइरहेको नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...