एकीकृत समाजवादीको धनकुटा नगर भेला सम्पन्न, नगर अध्यक्षमा सुजनभाई जोशी चयन

Akikrit samajwadi dkt 9

धनकुटा । नेकपा (एकीकृत समाजवादी) धनकुटा नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । सो भेलाले सुजनभाई जोशीको अध्यक्षतामा ६७ सदस्यीय नगर कमिटीको निर्माण गरेको छ ।

सो भेलामा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्यहरु धर्मराज पौडेल, बंगला राई, धनकुटा अध्यक्ष अर्जुन राई, सचिव खगेन्द्र सुवेदी, सल्लाहकार गोपालबहादुर भट्टराई लगायतले युवा जोस जागरका साथ पार्टीलाई अघि बढाउन निर्देशन दिए ।

सो भेलामा उनीहरुले एमाले अध्यक्ष केपी ओलीको दम्भका कारण पार्टी विभाजन भएका कारण एमालेमा रहेका धेरै नेता तथा कार्यकर्ताहरु समाजवादीमा आउन तयार रहेको बताए । उनीहरुले धनकुटामा पनि एमालेका धेरै नेताहरु समाजवादीमा आउने दावी गरे ।

समाजवादीले यसअघि धनकुटाकै पाख्रिबासमा सोवित निरौलाको अध्यक्षतमा पाख्रिबास नगर कमिटी बनाएको छ । अन्या पालिकाहरुमा पनि कमिटी निर्माणको अनितम चरणमा रहेको जिल्ला अध्यक्ष अर्जुन राइले बताए ।

एमाले विभाजन हुनुअघि नै मावधकुमार नेपाल समुहले जिल्लाका सबै तहमा समानान्तर समितिहरु बनाइको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...