दशैँमा घर जादै हुनुहुन्छ ? कहाँ जाँदा कति भाडा तिर्नुपर्छ ? (सुचीसहित)

Tiket katne vid

काठमाडौं । चाडवबाढ नजिकिएको छ । चाडबाड नजिकिएसँगै घर फर्किन चाहनेहरु उत्साहित भउका छन् । तर, दशैंको मुखैमा आएर भाडा बढेपछि भने निरास बनेका छन् ।

आगामी असोज ११ गतेदेखि दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । तर, दसैँ तिहारकै लागि उपत्यका छाड्ने र लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।

दशैँमा उपत्यका बाहिर जानेको संख्या २० लाखभन्दा बढी हुन्छ । यो वर्ष पनि करिब ११ लाख यात्रुले उपत्यका छाड्दैछन् । यही बेला सरकारले भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले २०७८र०३र२९ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी भाडा समायोजना गरिसकेको छ ।

विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहााडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दसैँ तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।

सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

उपत्यकाका विभिन्न स्थानमा अहिले हेल्प डेस्क स्थापनाको तयारी भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाइ लक्षित गरी बिहीवारदेखि नै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ ।

महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्ने बताएको छ । हिजोबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको हो । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी सञ्चालनमा ल्याईने जानकारी महाशाखाले दिएको छ ।

यस्तो छ समायोजित नयाँ भाडादर

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...