काठमाडौँ उपत्यकामा थप ३६४ जनालाई कोरोना

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार १ हजार ५५० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २० हजार २८७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ५७५ पीसीआर तथा ५ हजार ११५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...