समाज कल्याण परिषदका पदाधिकारीको सामूहिक राजीनामा

Samaj kalyan social

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा घोषणा गर्ने भएका छन् ।परिषदका सदस्यसचिव पुष्कर खातीले सबै पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गर्न लागेको सञ्चारमाध्यमलाई जानकारी दिए ।

परिषद्को कामप्रति सरकार असन्तुष्ट रहेपछि पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन् । यसैबारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिँदैछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्ने परिषदमा १० जना पदाधिकारी छन् । उनीहरु सबै जना पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् ।

पदाधिकारीहरुमा उपाध्यक्ष डा.पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यसचिव पुष्कर खाती, बोर्ड सदस्यहरु नानीमैया नेपाल, गोविन्दबहादुर शाही, सुशिल ज्ञवाली, बर्मा दोज गुरुङ, मनिराम बन्जाडे, सञ्जय कुमार शाह छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...