ओलीले आफ्नो कार्यकालमा र अहिले पनि संसदलाई देख्न चाहेनन् : नेता थापा 

Gagan thapa655

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले संसद बैठक अवरुद्ध भएकोमा आपत्ति जनाएका छन् ।  नेकपा एमालेले पटकपटक गरेको संसद अवरोधलाई लिएर उनले आपत्ति जनाएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेका कारण संसद बैठकमा प्रवेश गर्नै घिन लाग्ने बताए । एमालेले गरेको अवरोधका कारण आफूले बजेट बिधेयकसम्बन्धी कुराहरु सरकारलाई भन्न नपाएको गुनासो गरे ।

‘एमालेले गरेको अवरोधका कारण मलाइ संसद बैठकमा छिर्नै घीन लाग्छ, अवरोधका बीचमा गएर मलाई लागेको कुराहरु राख्न मन लाग्दैन त्यसैले बैठकमा कुरा राख्न नपाएर म टुलुटुलु हेरेर बस्न बाध्य भएको छु ।’ उनले भने ।

त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा र अहिले पनि संसदलाई देख्न नरुचाएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...