माधवका पिता र प्रचण्ड पत्नीले पदक पाएपछि ओलीको व्यङ्ग्य : ‘आज श्रीमती र बाउको मुख हेर्ने दिन हो’

242031148 3722722137952228 12908111441642483 n

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वितरण गरेको आभूषणप्रति आपत्ति जनाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आपत्ति जनाएका हुन् ।

‘आज श्रीमती, बाउको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो अतृप्ति ? लजाइरहेका छन् ती मानपदवीहरु, कस्तो खालको झुण्डिनुपर्ने भयो भनेर। बोल्न सक्ने भए उफ्रिन्थे ती,’ उनले भने।

संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण गर्यौ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ  ।’

जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताएका उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं । कुनै कुल घराना व्यक्ति होइन जनता सर्वोपरि हुन्छ । संविधानमार्फत व्यवस्थित गरिएको छ । जनतामा रहेको सार्वभौमसत्ता सम्पूर्ण हिसाबले जनतामा संवैधानिक सर्वोच्च कायम भएको हिसाबले यो दिन विशेष छ ।’

‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भने, ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...