एकैपटक ८५ सहसचिवको सरुवा (नामावलीसहित)

Samanya prasashan

काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

मन्त्रालयले नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा, र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

यस पटकको सरुवामा शक्तिकेन्द्रबाट निकै धेरै दबाब आयो । जसका कारण कैयन पटक सूची परिवर्तन गर्नु पर्‍यो । केही सहसचिवहरूले रोजाइको ठाउँमा जान सत्ता गठबन्धनका नेताहरू कहाँ निकै धाए । जसले गर्दा पनि निर्णयमा असर पुग्न गयो र सहसचिवको सरुवा गर्न नै महिनौँ लाग्यो ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...