काठमाडौँ उपत्यकामा थप ४०४ जनालाई कोरोना

Kathmandu city ktm 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ।

मंगलबार १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा १० हजार २६६ पीसीआर तथा ४ हजार १७७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस