गृहजिल्ला झापा पुगेर ओलीले भने, ‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी नक्कली पार्टी हो’

Kp oli

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नक्कली भएको बताएका छन् ।

मंगलबार गृहजिल्लामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । त्यस्तै उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुनियाँ ढाँटेर खाएको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘प्रचण्ड’ले दुनियाँलाई ढाँटेर खाएका छन् । एक पटक त देशका युवालाई नै ढाँटे, युवालाई प्रचण्ड केही हो कि जस्तो पारे तर उनले गरिब र सहिद परिवारका लागि हित हुने गरी काम गरेका छैनन् । ‘प्रचण्ड असल बुबा हुन्, असल काका, सम्धी, ज्वाइँ, ससुरा हुन् तर बेइमान र खराब नेता हुन् ।’

मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् ।

‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी हैन, प्रचण्ड गुट हो ।’

उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे । 

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।

ओलीले भने, 'कम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्‍यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो । हिम्मत छ जनादेशमा जान ? यो परमादेशको सरकार हो । जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन । त्यसकारण चुनाव भनेपछि थरर्र काप्छन्,' उनले भने ।

ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गरे । 'सरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन । मन्त्रिपरिषद् विस्तार भएन । दुई महिनादेखि तिनै चारजनाले र्‍याइँर्‍याइँ घुमाएका छन् । यो दुई महिना राम्रो केही गरेनन् । नराम्रोमात्रै गर्‍यो । पहिला सरकार बनाउन हाम्रो पार्टी फुटाइयो,' ओलीले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...