मोरङमा १६ बर्षिय सुस्मिता बनिन गाउँपालिका अध्यक्ष

Zjygty

काठमाडौँ । प्रदेश नम्बर १ को मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिका गाउँपालिका अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर आज (मंगलबार) एक दिनका लागि ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइएको हो।

आर्थिक र प्रशासनिक बाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन्। स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले १६ वर्षीया बालिकालाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताएका थिए ।

उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउन एवं राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउन गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको जानकारी उनले दिए। अधिकारीका अनुसार नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहको सरकारले उठान,

व्यवस्थापन एवं सम्बोधन गर्ने बालबालिकाका विषय र स्थानीय तह तथा नेतृत्वका सवालमा बालबालिकाको बुझाईलाई यस कार्यक्रमले प्रष्ट पार्ने अपेक्षा गरिएको छ। उनले गाउँपालिका अध्यक्षको भूमिकामा बालबालिकालाई राखेर अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको रूपमा ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने कार्यक्रम गर्न लागिएको बताए।

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षमा छनोट हुनेछिन्।

गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर उनलाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम छ। अधिकारीले भने उनले भने, ‘पदभार ग्रहणपछि गाउँकार्यपालिकाको बैठक राख्ने र प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा बालबालिका सम्बन्धी केही निर्णय गरिने छ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...