मन्त्रीको नाम छान्न माओवादीले बोलायो स्थायी समिति बैठक, को - को बन्दैछन् मन्त्री ?

Maobadi sthai 1

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले  स्थायी समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे बस्ने एक नेताले जानकरी दिए । आजको बैठकमा बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल  हुने बताइएको छ ।

माओवादीमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।  माओवादीमा धेरै नेताहरुले मन्त्री बन्ने इच्छा देखाएका कारण मन्त्रीको नाम छनोट गर्न गार्हो भएको कुरा प्रचण्डले बताउँदै आएका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा जान माओवादीमा एक दर्जन आकांक्षी छन् ।

सरकारमा सहभागी हुने नेताहरुमा अमनलाल मोदी, शिवकुमार मण्डल ,मातृका यादवदेवेन्द्र पौडेल, हरिबोल गजुरेल, देव गुरुङ, हरिराज अधिकारी लाई मन्त्री बनाउन दाहालको चाहना भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर रहेको प्रहरीको खुलासा

1631016204 axgou

काठमाडौँ । संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुल...