प्रधानमन्त्री देउवालाई विप्लवको प्रश्न : अमेरिकी डलरले आँखामा पट्टी लागेको हो ? 

Netrabikram

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले एमसीसी लागू भयो भने देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा सबै लाग्नुपर्ने उनको तर्क छ ।

‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्वजस्त दलालहरुको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको ।’ उनले भने । उनले अमेरिकाले दिने डलरको आशमा नेपाल सरकार बसेको बताएका छन् । उनले अमेरिकी डलरले प्रधानमन्त्री देउवाको आखाँमा पट्टी लगाएको समेत बताए ।

त्यस्तै उनले देउवाले एमसीसी विरुद्ध बोल्न नदिएको स्मरण गर्दै उनले त्यसको खण्डन गरेका छन् । देउवाले एमसीसीबारे जनतालाई थाहा नभएको आरोप लगाउँदै देउवाले सुटुक्क एमसीसी पास गर्ने उनले दाबी गरे ।

 

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...