धनकुटाको छिन्ताङमा ३ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट

Chintang gaja kheti nasta

धनकुटा । धनकुटाबाट अवैध रुपमा गाँजा विक्री बढिरहेका बेला प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसैक्रममा धनकुटाको सहिदभुमीमा गाँजा खेती नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं. ३ को कोकोथेममा झण्डै ३ रोपनीमा लगाएको गाँजा खेति नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङका प्रहरी निरिक्षक काजीबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले झण्डै ३ रोपनी जग्गामा लगाएको २ सय बेर्ना र ३ सय बोट गॉंजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाको सहिदभुमी गाउँपालिकामा गाँजा उत्पादन हुने गर्छ । पछिल्लो केही साता यता मात्रै पनि सहिदभुमीका युवाहरु गाँजा तस्करी गरेको आरोपामा सुनसरी र मोरङका विभिन्न स्थानहरुबाट पक्राउ परिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...