संखुवासभा मादी घटना : ६ जनाको हत्या आफन्तबाटै, पक्राउ परेका व्यक्तिद्धारा स्वीकार

Sankhuwa

धनकुटा । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् ।

घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाउन चाहेको छैन । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको उमेर २५ देखि ३० वर्षको रहेको र ती व्यक्ति कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।

गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

र यो पनि ....

संखुवासभा हत्या प्रकरण : ६ जनाकै शव उठ्यो, सबैको टाउकोमा चोट

 

मादीमा सामुहिक हत्या प्रकरण : तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...