संखुवासभा हत्या प्रकरण : ६ जनाकै शव उठ्यो, सबैको टाउकोमा चोट

Sankhuwa

काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

सखुंवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट गएको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

सोमबार राति घटनास्थल पुगेको प्रहरी टोलीले मंगलबार बिहानबाट अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई प्रयोग गरेको छ । तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ ।

सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो ।

सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ । ह्यामर जस्ता गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

घटनाको अनुसन्धानमा संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडा पनि खटिएका छन् । धरानबाट प्रहरीको विशेष टोली पुग्नुअघि संखुवासभा प्रहरीले शव नचलाइकन घटनास्थलको सुरक्षा मात्रै दिएको थियो ।

अनुसन्धान सुरु गरेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले अनुसन्धानलाई थप मद्दत मिल्ने गरी रिजनल इन्भेस्टिकेसन टिम (रिट) अर्थात क्षेत्रीय अनुसन्धान समूहलाई पनि परिचालन गरिसकेको छ । अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो ।

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सिआइबीका डिएसपी रुगम कुँवर नेतृत्वको ३ जनाको अनुसन्धान टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । उनीहरू मंगलबार साँझ ६ बजेसम्ममा घटनास्थल पुग्ने र अनुसन्धान सुरु गर्ने बिसीले बताए ।

र यो पनि ...

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...