मादीमा सामुहिक हत्या प्रकरण : तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु

Shankhuwasabha ghatana

धनकुटा । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ ।

सखुंवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

सोमबार बिहान मादी नगरपालिका(१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन् ।

उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानबाट घटनास्थलको अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहान मात्रै कुकुर सहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुगेर सम्भावित आरोपीसम्म पुर्‍याउने काम गर्छ ।

पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यद्यपि थप अनुसन्धानपछि मात्रै निष्कर्ष निस्किने प्रहरीको भनाई छ ।

र यो पनि...

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...